राजनीति

प्रधानमन्त्री देउवालाई विदेशमन्त्री स्वराजको स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवालाई ईन्दीरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । आजै भारतीय राष्ट्रपति पाहुनाघरमा कार्यक्रम भएपनि त्यभन्दा अगाडी बारखम्बा रोडस्थीति नेपाली दुताबासमा दिल्लीमा रहेका नेपाली समुदायसंग छलपल गर्ने कार्यक्रम छ ।

पत्नी आरजु राणाका साथमा उच्च पदस्थ कसरकारी अधिकारीहरुका साथमा ११ गतेसम्मको भारतीय राजकीय भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवा भारतमा ब्यावशाय गर्ने नेपाली ब्यापारीहरु, जनसम्पर्क समितिका नेताहरुसंग समेत भेटवार्ता गर्नेछन् । बिहीबार दिउसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भोजमा संलग्नहुने छन् भने भारतीय राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बैंकैया नाडूसंग भेट गर्नेछन् ।

यसका साथसाथै पूर्व प्रधानमन्त्री मनमोहनसिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, नेता राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली लगायत भारतका उच्च ब्यक्तीत्वहरुसंग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले भारतमा नेपाल भारत प्रशारण लाईनको शुरुवाती समेत गर्ने कार्यक्रम तय भएको छ ।