काठमाण्डौ । गुरु नानक देव सेवा सोसाईटी ईन्टरनेशनलले पूर्बमन्त्री एबम् नेपाली काँग्रेसका साँसद सीताराम महतोलाई सुनसरी क्षेत्र नम्बर ४ का बाढीपीडितको सहयोगथार्थ ५१ हजार नगद र केहि लत्ता कपडा हस्तान्तरण गरेको छ ।
काठमाण्डौ स्थीति पञ्जाबी संस्थाका पदाधिकारीहरुले एक कार्याक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सभासद मेहताले उक्त संस्थाले आफ्नो निर्बाचन क्षेत्रका बाढीपीडितलाई सहयोग गरेर आफूलाई ठूलो गुण लगाएको बताउदै संस्थालाई धेरै धेरै धन्यबाद दिए । मेहता काँग्रेसको सहकार्यमा बनेको पुष्पकमल दाहालको सरकारमा पुर्बाधार तथा यातायात मन्त्री थिए ।
उनी गत संबिधानसभा निर्बाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट संबिधानसभा निर्बाचनमा प्रत्यक्षतर्फ निर्बाचित भएका साँसद हुन् ।
देशबिदेशबाट देश सोकमग्न रहेकाबेला सहयोगी हातहरु अगाडी बढीरहेको छ ।