आर्थिक

कोरियाले दुई करोड चालीस लाख नेपाललाई सहयोग गर्ने

काठमाडौँ । गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप रु दुई करोड ४० लाख नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको यहाँस्थित दक्षिण कोरियाली राजदूतावासले जनाएको छ ।

उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका प्रयासमा योगदान गर्न केही सहयोग पुग्ने अपेक्षा कोरिया सरकारले गरेको उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।