पु.समाचार

नेपालमा भूकम्पको महसुस बढ्दै, बाजुरामा अर्को धक्का

बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाण्डौले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताएका छन् । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् ।