खेलकुद

आजदेखि रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु हुँदै

पोखरा । हिन्दु नारीहरुको महान पर्व तिज पर्वको अवसरमा पोखराको लामाचौरमा आयोजना हुने छैटौं रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता मंगलबार देखि शुरु हुदैछ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन शिवम न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक पक्षले जानकारी दिएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरका पाँच टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेको छ ।