अन्तर्राष्ट्रिय

बार्सिलोना आक्रमणका संदिग्ध व्यक्ति मारिए

एजेन्सी । स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको बताएको छ। गत बिहीवार लस र्‍याम्ब्लसमा मानिसहरुमाथि भ्यान जोताउने उनी नै भएको स्पेनको प्रहरीको विश्वास छ।

उक्त आक्रमणमा १३ जनाको ज्यान गएको थियो भने १०० जनाभन्दा बढी घाइते भएका थिए। बार्सिलोनादेखि ४० किलोमिटर पश्चिममा एउटा फोहोर प्रशोधन केन्द्र नजिक गोप्य सूचनापछि उनलाई गोली हानिएको प्रहरीले जनाएको छ।

नक्कली विस्फोटक ‘बेल्ट’ लगाएका अबुयाकुब अरेबिकमा ‘ईश्वर महान् हुन्’ भन्दै चिच्याएका थिए।

सुबीराट्स क्षेत्रलाई घेराउ गरी सुरक्षाकर्मीले संदिग्धको व्यापक खोजी गरिरहेको थियो।