राजनीति

यसरी सकिदैछ बाबुरामको नयाँ शक्ति !

काठमाण्डौ । डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका बाबुराम भट्टराई पार्टीमा एक्लिदै गएका छन् । अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन् ।

सोमबार नयाँ शक्तिको संघीय परिषदका करिब सय जना सदस्यले नयाँ शक्ति छाडि देवेन्द्र पौडेलले गठन गरेको ध्रुवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

यसैगरी आइतबार संघीय परिषदका २ सय ६ सदस्यले विज्ञप्ति जारी गरी संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए । हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल, पासाङ शेर्पालगायतका नेताले अन्य पार्टीमा प्रवेश गर्न ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । नयाँ शक्तिमा करिब नौ सय सदस्यीय संघीय परिषद छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, केन्द्रीय समिति भने गत साउन १३ को निर्णयबाट भंग भएको छ । संघीय परिषदमा रहेका सदस्यमध्ये आधाजतिले नयाँ शक्ति छाडिसकेका छन् ।