राजनीति

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी, कुन प्रदेशबाट कसले जिते ? (नामसहित)

काठमाण्डौ । नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर र प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ । सो प्यानलबाट अध्यक्षको उम्मेद्वारमा उठेका गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । आचार्यले प्रेस चौतारीको तर्फबाट उठेका तीर्थ कोइरालालाई झण्डै एक सय मतले हराएका हुन् ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । कुन प्रदेशबाट कसले जिते ? यस्तो छ परिणामः
प्रदेश १-चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।
प्रदेश २- सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।
प्रदेश ३- चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी
प्रदेश ४- चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल बिजयी
प्रदेश न ५- सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी
प्रदेश न ६- युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी
प्रदेश ७- युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५र४५ बराबर मत ।
उपत्यका- प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं बिजयी ।
प्रतिष्ठान- सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही बिजयी ।
एशोसिएटः युनियनका राधेश्याम दाहाल र पवन अचार्य