समाचार

यस्तो छ भर्खरै प्राप्त पत्रकार महासंघको चुनावी परिणाम, कुन प्रदेशबाट कसले जिते ? (नामसहित)

काठमाण्डौ । सोमबार भएको नेपाल पत्रकार महासंघको चुनावको मतगणना अहिले पनि जारी छ । पछिल्लो मतगणननाको नतिजाअनुसार प्रेस सेन्टर र प्रेस युनियनको प्यानल अगाडी रहेको छ ।

प्रेस चौतारीको तर्फबाट अध्यक्ष उठेका तीर्थ कोइरालाईको प्यानललाई पछि पार्दै प्रेस सेन्टर र प्रेस युनियनका अध्यक्ष उम्मेद्वार गोविन्द आचार्यको टिम विजय नजिक पुगेको हो ।

केहीबेर अघिको मतपरिणाम अनुसार तीर्थ कोइरालाका ४९८ मत प्राप्त भएको छ भने गोविन्द आचार्यले ५९३ मत प्राप्त गरेका छन् । जम्मा १४४९ मत खसेकोमा झण्डै १२ मत गनिसकिएको जनाइएको छ ।

प्रदेश १: चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।
प्रदेश २: सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।
प्रदेश ३ः चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी
प्रदेश ४ः चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल बिजयी
प्रदेश न ५ः सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी
प्रदेश न ६ः युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी
प्रदेश ७: युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५र४५ बराबर मत ।
उपत्यका: प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं बिजयी ।
प्रतिष्ठान: सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही बिजयी ।
एशोसिएटः युनियनका राधेश्याम दाहाल र पवन अचार्य