शिक्षा

स्वबियूको कार्यकालसम्बन्धी बिबाद यसरी भयो अन्त्य

काठमाण्डौ । लामो समय स्वोबियू कार्यकाल सम्बन्धी बिबाद त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठकबाट संसोधित भएको छ ।
प्रयासमा निर्वाचित पधाधिकारीहरुले पुर्ण कार्यकाल काम गर्न पाउनुपर्ने माग सम्बोधन भएको छ, बिद्यार्थीहरुलेले उक्त मागमा धेरै नै ठूलो आन्दोलन गर्नुपरेको जनप्रशासन क्याम्पसका स्वबियू सचिब संदेश आचार्य बताउछन् ।

यसपछि निर्बाचित पदाधिकारीले आफ्नो कार्यकाल सम्बन्धि अन्योलमा रहनु भएका स्वोबियुका साथीहरुलाई आफ्नो मातको कदर गर्दै पुर्ण कर्यकाल जिम्मेवार ढंगले पूरा सक्ने आचार्यको दाबी छ ।

स्वोबियु नियम ३४५ अनुसार कार्यसमितीमा रहेका पदाधिकारी र सदस्य विद्यार्थीहरु जुन तह र विषयको नियमित विद्यार्थीको हैसियतमा निर्वाचित भएका हुन सोही तहको अन्तिम बर्षको परिक्षा दिए पछी जुन पद स्वतस् समाप्त हुने भनिएको थियो त्यो संसोधित भएको छ ।
नियम ३४५(३) को उपनियम (३) अनुसार अब अन्तिम परिक्षा दिएपनि निजहरुले तोकिएको पदावधिसम्म काम गर्न सक्ने छन्।