राजनीति

अन्तरघातको आरोपमा तरुण दल अध्यक्ष लामा साधारण सदस्यबाट निलम्बित

काठमाण्डौ । सिंधुपाल्चोकका तरुण दल जिल्ला अध्यक्ष तथा नेपाली काँग्रेस माहासमिति सदस्य दोर्जे लामालाई तरुण दलले साधारण सदस्यबाट निलम्बन गरेको छ । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य बालकृष्ण खाँडसंग निकट रहेर सिन्धुपाल्चौकमा राजनीतिमा सकृय लामा केही काँग्रेस कार्यकर्तासहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रबेश गरेपछि तरुण दलले निज लामालाई कारबाही गरेको हो ।

सोमबार तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले एक बिज्ञप्ती जारी गर्दै लामालाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको जनाएका छन् । पार्टीलाई स्थानीय तहको निर्बाचनमा समेत अन्तरघात गरेको आरोप लाग्दै आएका लामाले पार्टी छोड्नु नेपाली काँग्रेस सिंधुपाल्चौकलाई निकै क्षती पुग्ने देखिएपनि एमालेमा प्रबेश गरेका लामालाई तरुण दलले कारबाही गर्नुको बिकल्प नरहेको देखिन्छ ।
लामा आफूले नेपाली काँग्रेस छाडेपनि अरु कार्यकर्ताहरुलाई बिचलित बनाउन नसक्ने एक जिल्ला जिल्लानेताले सुर्यखबरलाई बताए । तरुण दलका एक प्रभाबशाली नेताका अनुसार लामा नेताहरुको चाकडी गर्न ज्यादै सिपालु थिए र चाकडी गर्नेलाई पदको लिफ्ट दिंदा पार्टीले यस्तै हानी ब्यहोनुपर्ने दाबी गर्छन् ।

अध्यक्ष बस्नेतले प्रकाशित गरेको बिज्ञप्ती