शिक्षा

यसरी भयो अस्थायी शिक्षकको अनशन स्थगन

काठमाडौँ । शिक्षा ऐन संशोधनपछि शिक्षक सेवा आयोगको परीक्षा लिन शिक्षा मन्त्रालय सकारात्मक भएपछि अस्थायी शिक्षक संघर्ष समितिले जारी राखेको आमरण अनशन आज स्थगित गरेको छ ।

गत असार ९ गते भएको चारबुँदे सहमतिअनुसार शिक्षा ऐनमा नवौँ संशोधन प्रक्रिया तत्काल शुरु भएको र आठौँ संशोधनबमोजिम यही भदौ १० गतेका लागि आयोगले तोकेको परीक्षा पुनः सार्न दबाब दिन आफूहरुको आन्दोलन जारी रहने समितिका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए ।

सहमतिमा परीक्षा वा सुविधामध्ये एक रोज्नुपर्ने, असफल हुनेलाई पनि सुविधा र औषधि उपचार थप्ने उल्लेख छ । अर्थ मन्त्रालयले असफल हुनेलाई पनि सुविधा दिन र औषधि उपचार रकम दिने उल्लेख छ । संघर्ष समितिले यही साउन १८ गतेबाट भद्रकालीमा आमरण अनशन जारी राखेकामा अनशनमा बसेका अनशनरत ललिपुरका शिक्षक विष्णुहरि दनुवार र पर्साका किसुनप्रसाद यादवको स्वास्थ्यस्थिति कमजोर भएपछि एभरेष्ट अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुले अस्पतालमै अनशन तोडेका थिए ।

आन्तरिक परीक्षामा कुल १९ हजार २६५ कोटा रहेकामा १५ हजार ६९० ले आवेदन दिएका छन् । हाल २६ हजार १५१ अस्थायी शिक्षक छन् । समितिले सबै दरबन्दीमा आन्तरिक परीक्षा गराउन पहल गरिरहेको छ ।