समाचार

पत्रकार माहासंघको मतदान सकियो, गणनाको लागी तयारी हुँदै

काठमाडौँ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि सुरु भएको मतदान भर्खरै सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले एक हजार ५०८ मतदातामध्ये ४ बजेसम्म भएको मतदानमा कूल एक हजार ४४९ मत खसेको जानकारी दिए । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिसहित पचास सदस्यका लागि मतदान भएको हो ।
महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा गोविन्द आचार्य, तीर्थ कोइराला, उजिर मगर, इन्द्र राउत र भावना विद्रोही प्रतिस्पर्धामा छन् । पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि केही बेरमा मतदानस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा नै हुने संयोजक खनालले बताए ।