समाचार

राष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई सहयोग

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार सोही कोषमा जम्मा हुने गरी राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, सचिव, स्वकीय सचिवसमेतबाट पाँच दिनको, सहसचिवहरु, स्वकीयसमेतबाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरु स्वकीयसमेतबाट दुई दिनको र सहायकस्तरका सबै कर्मचारीहरु स्वकीयसमेतबाट एक दिनको तलब उक्त कोषमा जम्मा गरिएको छ ।