सूचना प्रविधि

सहयोगी कर्मचारीहरुलाई कार्य–उत्प्रेरणा तालिम 

नेपाल व्यवस्थापन संघ सहयोगी कर्मचारीहरुकालागि कार्य–उत्प्रेरणा तालिम सञ्चालन गर्ने सायद नेपालको एकमात्र पहिलो संस्था हो । यसले सहयोगी कर्मचारीहरुलाई विभिन्न टुल्स र टेक्निकहरुको विकास गरी सोही अनुसार प्रशिक्षकण प्रदान गरिरहेको छ ।

विभिन्न क्षेत्रका विज्ञहरु सम्मिलित समूहको बीचमा व्यापक छलफल र प्रयासबाट उत्कृष्ठ टुल्स र टेक्निकस्को विकास गरी प्रशिक्षण प्रदान गरिरहेको र सम्पन्न भएका प्रत्येक कार्यक्रमबाट आएका सुझावहरुलाई पनि निरन्तर समावेश गरी कार्यक्रमलाई पुरष्कृत र थप व्यवहारिक बनाउँदै तालिम सञ्चालन गरिरहेको छ । प्रशिक्षण पश्चात सहयोगी कर्मचारीहरुको मनोबल उच्चभएको, कर्मचारीहरुको दक्षतामावृद्धि भएको र तोकिएका कार्यहरु प्रभावकारीरुपमा कार्यान्वयन गरी संस्थागत कार्यहरुमा सहयोगी कर्मचारीहरु कोशेढुंगा सावित भएको धेरै संस्थाहरुबाट प्रतिक्रिया प्राप्त भएको छ । सहयोगी कर्मचारीहरुलाई कार्य–उत्प्रेरणा तालिममा सहभागी गराए पश्चात कर्मचारीहरुमा पहिलेको भन्दा हरेक दृष्टिकोणबाट व्यापक परिवर्तन महशुस गरेको संस्थाहरुको प्रतिक्रिया छ । यसैको निरन्तरता स्वरुप कार्य–उत्प्रेरणा तालिमको पुनः माग भएकोले यो तालिम कार्यक्रम भाद्र २४ गते शनिवार आयोजना गर्न लागिएको हो ।

भूमिका
कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको मनोवल उच्च राख्नका लागि कार्यउत्प्रेरणाको स्तरमा वृद्धि गर्दै जानुले सहायक स्तरका कर्मचारीहरुलाई व्यक्तिगत र संस्थागत कार्य सम्पादनमा थप उर्जा मिल्न जान्छ। यसबाट संस्थाको आवधिक तथा दीर्घकालीन लक्ष्यमा उनिहरुलाई समेत समाहित गरेर अगाडि बढ्न सकिन्छ। कार्यालयमा कार्यरत निम्नस्तरका कर्मचारीहरुसँग समेत सफल कार्यसम्पादन सम्बन्ध कायम गरी गाडि बढ्न सकेमा संस्थाको लक्ष्य प्राप्तिमाअधिक लाभ लिन सकिन्छ । नेतृत्व तहमा रहेका प्रवन्धक तथा व्यवस्थापकहरुलाई कसरी तल्लो स्तरदेखि माथिल्लो स्तरसम्मका कर्मचारीहरुलाई उत्प्रेरणा प्रदान गर्नुपर्दछ भन्ने थाहा हुनु जरुरी छ ।
त्यसैगरी तल्लो स्तरका कर्मचारीहरुलाई पनि उनिहरुको पदीय दायित्व र यसले संस्थाको आवधिक तथा दीर्घकालीन लक्ष्य प्राप्तिमा सहयोग पु¥याउँदछ भन्ने पदीय दायित्व बोध हुन जरुरी रहेको छ । त्यसैले सफल कार्यसम्पादन र संस्थागतलक्ष्य प्राप्त गर्नको लागि सहायक स्तरका कर्मचारीहरुलाई उत्प्रेरणा जगाउनको लागि यस तालिमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको उद्देश्य
१. सहायक कर्मचारीहरुलाई उनीहरुको कार्यको स्वामित्व बोध गराउन तथा व्यक्तिगत तथा संस्थागत उत्कृष्टताको लागि प्रयत्नरत बनाउन ।
२. उनीहरुलाई सुम्पिएका निश्चित कार्यहरु जिम्मेवारपूर्ण र स्पष्ट छन् भन्ने बनाउन ।