समाचार

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।

जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो ।

पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल आज बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।