पु.समाचार

काठमाण्डौ प्रहरी प्रमुखमा धानुक नियुक्त

काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले काठमाण्डौ प्रहरी प्रमुखमा एसएसपी रविन्द्रबहादुर धानुकलाई पठाएको छ । यसअघिका काठमाण्डौ प्रहरी प्रमुख छबिलाल जोशी डिआइजीमा बढुवा भएपछि एसएसपी धानुक प्रमुख भएर आएका हुन् ।

उता महानगरीय अपराध महाशाखा प्रमुखमा एसएसपी दिवेश लोहनी आएका छन् । दिनेश अमान्यलाई भने प्रहरी प्रधान कार्यालय कार्य महाशाखामा सरुवा गरिएको छ ।

काठमाण्डौ प्रहरी प्रमुख र महानगरीय अपराध महाशाखामा आउने प्रहरी नेतृत्वले सुरक्षा व्यवस्थापनका सवालमा ठूलो अर्थ राख्ने गरेको छ ।