अन्तर्राष्ट्रिय

अमेरिकी जलसेना चढेको पानी जहाज दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकी जलसेनाले उसको एउटा पानीजहाज अर्को व्यापारिक पानीजहाजसँग सिंगापुरको समुद्री क्षेत्रमा ठोक्किएको भन्दै खोज तथा उद्दार कार्य अघि बढिरहेको बताएको छ।

क्षेप्यास्त्र नष्ट गर्ने क्षमताको ‘यूएसएस जोन मक्केन’ लाइबेरियाको झण्डा रहेको अर्को पानीजहाजसँग ठोक्किदा क्षतिग्रस्त भएको बताइएको छ। अमेरिकी जल सेनाले खोज तथा उद्दार कार्य जारी रहेको जनाएको छ।

अमेरिकी जलसेनाको पानीजहाज दुई महिनामा दोस्रो पटक यस्तो गम्भिर प्रकृतिको दुर्घटनामा परेको हो।

अमेरिकी जलसेनाको उक्त पानीजहाज आफ्नो नियमित बन्दरगाहतर्फको यात्रामा सिंगापुरमा रहेको थियो र पछिल्लो दुर्घटना मलाका स्ट्रेट्सबाट पूर्वतर्फ भएको ठानिएको छ।

अर्को पानीजहाज लाइबेरियाको झण्डा सहितको तेल ट्याकंर भएको र युद्धपोत भन्दा उल्लेख्य रुपमा ठूलो भएको बताइएको छ।

क्षतिको स्तर कति नराम्रो छ भन्नेबारे केहि खुलाइएको छैन् र हताहतिको विवरण पनि बाहिर आइसकेको छैन्।