शिक्षा

त्रिभुवन विश्वविद्यालयले गरेको एउटा कामबारे यस्तो खुलासा !

काठमाण्डौ । त्रिभुवन विश्वदिद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन देखाएको कारण अदालतकै पछिल्लो फैसला प्रतिकूल भएको पाइएको छ ।

सम्बन्धन पाउँ भनी काठमाडौं नेसनलले दायर गरेको रिटमा कानुनबमोजिम निर्णय गर्नू भन्ने अदालतको फैसलामा टेकेर सम्बन्धन दिएको दनबी त्रिवि उपकुलपति तीर्थ खनियालगायतका पदाधिकारीले गरेका छन् ।

त्रिवि कार्यकरी परिषदले साउन १२ मा सर्वोच्चको आदेशको बहाना बनाएर प्रक्रिया नै पूरा नगरी ठाडै सम्बन्धन दिने निर्णय गरेको थियो ।
सोमबारको नागरिकमा लेखिएको छ, सो निर्णयबारे चिकित्साशास्त्र अध्ययन संस्थानलाई जानकारीसम्म नगराई गुपचुप राखिएको थियो ।