आर्थिक

बैंकलाई १५ करोड नोक्सान पुर्याएको भन्दै ११ जना पक्राउ

धरान । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बैंकिङ कसुर गरी नेपाल बैंक लिमिटेडको धरान शाखालाई १५ करोड ५१ लाख रुपैयाँभन्दा धेरै नोक्सान पुर्याएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ । नक्कलीदेखि कम तौलका सुन बैंकमा धितो राखी ऋण लिएर ठगेको बैंकले पत्ता लगाएपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा त्रानेन्द्र पुरकुटी, सन्जित रसाइली, माधव रिसाल, सन्तोष रसाइली, सुनील विक, लालबहादुर विक, नेपाल बैंक लिमिटेडका निलम्बित खचान्जी होमबहादुर भट्टराई, तत्कालिन सहायक प्रबन्धकद्धय रामकिशोर मेहता र शंकर न्यौपाने, कर्मचारी सानुबाबु श्रेष्ठ र विराटनगर शाखाका प्रबन्धक पुष्पराज घिमिरे रहेको भन्दै सोमबारको कान्तिपुरमा समाचार लेखिएको छ ।