पु.समाचार

सवारी धनीहरुका लागि खुसीको खबर, सर्वोच्च अदालतले दियो नयाँ आदेश !

काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि आफ्नै सवारीसाधनबाट ट्रायल दिन पाइने भएको छ । सर्वोच्च अदालतले आफ्नै सवारी साधानमार्फत ट्रायल दिन पाइने अन्तरिम आदेश दिएको हो ।

आदेशले ट्रायलमा परीक्षार्थीलाई आफ्नै सवारी प्रयोग गर्न सक्ने गरी बाटो खोलिदिएको छ । यसअघि यातायात व्यवस्था विभागले सीमित कम्पनीका सवारी साधनबाट मात्रै ट्रायल दिन पाइने व्यवस्था गरेको थियो ।

सोमबारको नागरिकमा लेखिएको छ, परीक्षार्थीले ट्रायल दिँदा सवारीसाधन प्रयोग गरेबापत निश्चित रकम कम्पनीलाई बुझाउँदै आएका थिए ।

विभागका प्रवक्ता टोकराज पाण्डेले अदालतले आदेश दिएको सुनेपनि विभागमा आधिकारिकपत्र आइनसकेको बताए । उनले अदालतको आदेशअनुसार काम गर्ने जानकारी दिएको बताए ।