समाचार

दशैंका लागि खसी बोका ल्याउन खाद्यसंस्थानको यस्तो तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसपालिको दशैंलाई दुई हजार पाँच सय खसीबोका र च्याङग्रा राजधानी ल्याउने भएको छ ।

सोमबारको नागरिकमा लेखिएको छ, डेढ महिनापछिको दशैंमा उपत्यकाम हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्याङग्रा ल्याउन लागेको छ ।

उक्त खसीबोका तथा च्याङग्रा मुस्ताङ, मकवानपुर र दाङबाट ल्याउने प्रारम्भिक योजना रहेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।