समाचार

प्रहरी श्रीमती संघ ३३ औं बार्षिकोत्शव भब्य रुपमा सम्पन्न

काठमाडौँ । सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छन् ।
नेपाल प्रहरी श्रीमती संघको ३३औं वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घर्तिले सामाजिक सेवा, प्रकोपका बेला राहत वितरण, लागूऔषध दुव्र्यसनीको पुनःस्थापना, असहाय तथा असक्तको सेवामा संघले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरिन् ।
उनले ३३ वर्ष अगाडिदेखि नै महिला सशक्तिकरणको महत्वपूर्ण मञ्च प्रदान गरेकोमा प्रहरी संगठन र यसको नेतृत्वलाई धन्यबाद दिईन् । संघले सरोकारवाला निकायसँग छलफल गरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिईन् ।

उक्त अवसरमा सभामुख घर्तीले संघमा अनवरत रुपमा सेवा गर्दै विपत्तिमा समेत जनमुखी समाज सेवा गर्नुभएका नेपाल प्रहरी श्रीमती संघका पूर्व अध्यक्ष एवं उपाध्यक्षहरुलाई ताम्रपत्र प्रदान गर्नुका साथै संघको मुखपत्र ‘सहचरी २०७४’ को विमोचन गरेकि थिईन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न संघसंस्था तथा महानुभावलाई प्रशंसापत्र एवं प्रहरी विद्यालयबाट २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले नितान्त सेवाभावले स्थापित संघले समाजसेवामा योगदान दिँदै आएको बताउँदै त्यस्ता कार्यले नेपाल प्रहरीको पेशागत गौरव बढाएको बताए ।

संघका अध्यक्ष सीमा अर्यालले संघले सामाजिक सेवामार्फत उपलब्ध गराउने सहयोग केवल सहयोगमा मात्र नरही यसले कसैको जीवन स्वालम्बी बनाउन सकोस भन्ने मान्यताकासाथ अघि बढेको बताए ।