साहित्य

कथाकार हरिहर खनालको– ‘गोल्डेन ड्रिम एण्ड द ल्यारो ल्यान’

काठमाण्डौ । कथाकार हरिहर खनालका दुई वटा कृति सार्वजनिक भएका छन् । उनको ‘नेपाली भाषामा चिठीपत्रमा हरिहर खनाल’ र अंग्रेजीमा अनुदित कथाको संगालो ‘गोल्डेन ड्रिम एण्ड द ल्यारो ल्यान’ लोकार्पण भएका हुन् ।

समालोचक प्रा. राजेन्द्र सुवेदीले अन्य व्यक्तिद्वारा लेखिएका पत्रको संगालो प्रकाशमा आउनुले इतिहासका धेरै पक्ष उजागर हुने बताए ।

त्रिवि अंग्रेजी विभागका प्रमुख प्रा. डा. अम्मराज जोशीले विश्वसाहित्यको तुलनामा नेपाली साहित्यको विकास धेरै माथि र धेरै तल नभएको बताउँदै नेपाली साहित्यबारे अन्य भाषाभाषीलाई जानकारी दिन अनुवादले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।