अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, २३ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरपुरमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य ६० जना घाइते भएका विविसीले उल्लेख गरेको छ ।

मुजफ्फपुरमा चल्ने कलिग उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिरिँदा रेलको १३ डिब्बा उछिट्टिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

घटना लगत्तै उद्धार तीब्र पारिएकाले घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ ।

यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धारलाई तीब्रता दिइएको भन्दै घटनाबारे छानबीन गरिने बताएका छन् ।