खेलकुद

लिभरपुल र लेस्टर सिटीले जितको खाता खोले

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुल र लेस्टर सिटीले पहिलो जित दर्ता गरेका छन् । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।

पहिलो हाफमा गोल रहित बराबरी  भएको खेलमा ७३ औं मिनेटमा साडिओ मानेले गोल गर्दै लिभरपुललाई १–० को महत्वपूर्ण जित दिलाए । यसअघि भएको यो  सिजनको आफ्नो पहिलो खेलमा लिभरपुल वाट्फोर्डसँग ३–३ को बराबरीमा रोकिएको थियो ।

यस्तै शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले ब्राइटनलाई २–० ले हरायो ।  लेस्टरको जितमा खेलको पहिलो मिनेटमा नै शिन्जी ओकाजाकी र ५४ औं मिनेटमा ह्यारी मागुइरीले गोल गरे । प्रिमियर लिगको यो सिजनमा लेस्टरको पहिलो जित हो ।

यसअघि भएको आफ्नो  पहिलो खेलमा लेस्टर आर्सनलसँग ४–३ ले पराजित भएको थियो । लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा वाट्फोर्डले बोर्नमाउथलाई २–०, वेष्ट ब्रोमले बर्नलीलाई १–० तथा साउथह्याम्पटनले वेष्ट ह्यामलाई ३–२ ले हरायो ।