पु.समाचार

गृहसचिवको एउटा कदमले सिंगो सशस्त्र प्रहरी संगठन अन्यायमा !

काठमाडौं । दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को व्यवसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेग्मीले ‘अस्वभाविक’ अडान राख्दा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ । ३६ हजार फौज रहेको संगठनको जवान तथा जुनियर अधिकृतहरु यतिबेला तराईमा बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

सशस्त्रको साधारण समूह (इन्फेन्ट्री) का डीएसपीद्वय दीपेन्द्र कुँबर र पूर्णबहादुर साउदलाई सचिव रेग्मीले सार्वजनिक वित्तीय व्यवस्थापन तालिममा पठाउने क्रममा ४० जनाको नयाँ समूहकृत दरबन्दी रोकेका हुन् ।

आइतबारको अन्नपूर्णपोष्टमा लेखिएको छ, उक्त दरबन्दी रोकिएकै कारण प्रहरी किताबखानाले सशस्त्रको साउन महिनाको तलबी प्रतिवेदन भदौ ३ सम्म पास गर्न सकेको छैन । सशस्त्रमा समान्यतया महिनाको अन्तिममा नियमित मासिक तलब गइसक्छ ।