पर्यटन/संस्कृति

अब गोकर्णेश्वर मन्दिर खुला दिसामुक्त क्षेत्र

काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र श्राद्ध गर्न आउने भक्तजनलाई सहयोग पु¥याउने उद्देश्यले तयारी सुरु भएको छ ।

मन्दिर क्षेत्रलाई सफा राख्न गोकर्णेश्वर नगरपालिकाले आज मन्दिर क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।

गोकर्णेश्वर नगरपालिका– ४ मा रहेको ब्रह्माले स्थापना गरेको विश्वास गरिने यो धार्मिकस्थलमा भदौ कृष्ण औँसीका दिन तर्पण, सिदादान र श्राद्ध गरेमा घर, मामाघर र ससुरालीतिरका सात÷सात पुस्ता पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । मेलाको तयारीका लागि मन्दिरलाई आज गोकर्णेश्वर नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गरेको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो ।

गोकर्णेश्वर मन्दिरमा भव्य मेला लाग्ने भएकाले यस औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । यस वर्ष यो औँसी भदौ ५ गते सोमबार परेको छ । बाबुको मुख हेर्ने औँसी पनि भनिने यस दिन गोकर्णमा लाखौँ भक्तजनको भीड लाग्छ ।

औँसीको तयारीका लागि जोरपाटी नारायणटार वाग्मती पुलदेखि गोकर्णेश्वर महादेव मन्दिर स्थलसम्मको वाग्मती कोरिडोरमा ग्राभेल हाली खाल्डाखुल्डी पुरिएको नगरपालिकाका उपप्रमुख शान्ति नेपालले बताए ।