पर्यटन/संस्कृति

विराटनगर विमानस्थल सञ्चालनमा आयो, यात्रुहरु यसरी भए हर्षित

केपी आचार्य/
काठमाण्डौ । बाढीका कारण अस्तब्यस्त बनेको बिराटनगर बिमानस्थल शनिबारबाट आंशिक रुपमा संचालनमा आएको छ । डुबानले बिमान नै बगाएको समाचार आएको बिमानस्थल शुचारु हुंदा शनिबार यती र सौर्य एयरलाईन्सले बिमान अवतरण गरेको छ । बुद्ध एयरले भने आईतबारमात्र उडान गर्ने बिमानस्थलले बताएको छ ।

काठमाण्डौ बिमानस्थलबाट बिराटनगर बिमानस्थलमा अवतरण हुंदाका दृष्य प्रदेश नम्बर १ का यात्रुहरुले आफ्नो सामाजिक संजालमा समेत राख्न थालेका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगरका प्रमुख शुरेसमान श्रेष्ठका अनुसार बिमानस्थल आंशिक रुपमा संचालनमा आएको र पूर्ण रुपमा संचालनमा आउन एक महिना लाग्नेछ ।
पानी र हिलोले ग्रस्त बनेको बिराटनगर बिमानस्थलको सुरुवातबाट पाँच दिने अबिरल बर्षाका कारण तनाबग्रस्त बनेका तराई २४ जिल्लाको जनजिबन दिन प्रतिदिन सामान्यतर्फ उन्मुख हुंदै गएको छ ।