समाचार

केन्द्रीय कारागारमा रहेका कुख्यात ‘विकिनी किलर’ शोभराज अनसनमा !

काठमाण्डौ । विगत १४ वर्षदेखि नेपालको केन्द्रीय कारागारमा रहेका कुख्यात ‘विकिनी किलर’ चाल्र्स शोभराज आमरण अनसमान बसेका छन् । कैद हटको माग गर्दै शोभराजले बुधबारदेखि अनसन सुरु गरेका हुन् ।

२०३२ साल पुष ८ गते अमेरिकी नागरिक कोनिजो ब्रोनिजको हत्या अभियोगमा कर्तव्य ज्यान र जाली राहदानी मुद्धामा जेल सजाय भोगिरहेका उनलाई यसबाहेक २०३२ साल पुष ६ गते भक्तपुरको साँगामा क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियलको हत्या गरेको अभियोगमा पनि थप सजाय तोकिएको छ ।

२०७१ साल असोजमा भक्तपुर जिल्ला अदालतले क्यानेडियन क्यारियलको हत्यामा सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। शोभराज भक्तपुर अदालतको तोकेको सजाय अहिले भुक्तान गरेको सजायमा नै मिनाह हुनुपर्ने भन्दै अनशनमा उत्रिएका हुन्। उनले ुकैद हटुको माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन्। आमरण अनशन बसे पनि राति लुकेर शोभराजले खाने गरेको बताइएको छ ।

२०६० साल असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार्ल्सलाई प्रहरीले पक्रेको थियो । हत्या र फर्जी राहदानीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। मुटुको भल्भमा समस्या भएपछि जेठ २९ उनको मुटुको अप्रेसन गरिएको थियो।