अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आफ्ना प्रमुख रणनीतिकार बर्खास्त !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई बर्खास्त गरेका छन्। ब्याननले आफू संस्थापक रहेको दक्षिणपन्थी वेवसाइट ब्राइटबार्ट न्यूजमा पुन: फर्कने बताउँदै राष्ट्रपति ट्रम्पका राजनीतिक, व्यापारिक र सञ्चार क्षेत्रमा रहेका विरोधीहरु विरुद्ध लडिरहने प्रतिक्रिया दिएका छन्।

ब्याननलाई ट्रम्पको राष्ट्रवादी एजेण्डाका एक जना प्रमुख सुत्रधार मान्ने गरिन्छ तर उनले रिपब्लिकन पार्टी र प्रतिद्वन्दिताको जालोमा जकडिएको जस्तो देखिने ह्वाइट हाउसभित्र कैयौँलाई चिढ्याएको पनि ठानिन्छ।

ट्रम्पले वरिष्ठ पदमा नियुक्त गरेका केहि सैनिक जेनेरल जस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर र नयाँ चिफ अफ स्टाफ जेम्स केली अनि राष्ट्रपति ट्रम्पका ज्वाइ ज्यारेड कुश्नरसँग उनको कुरा नमिलेको विवरणहरु आएका छन्।