शिक्षा

यो वर्षको शिक्षा पत्रकारिता पुरस्कार पाउनेहरुमा को–को परे ? (नामसहित)

काठमाडौँ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा संयुक्त रुपमा यहाँ ‘शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ वितरण गरिएको छ । सोअनुसार ‘कान्तिपुर’ दैनिक पत्रिकाका माधव अर्याल (पाल्पा) र ‘अन्नपूर्ण पोष्ट’ दैनिकका सुरेन्द्र काफ्ले (बाँके) लाई ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ प्रदान गरियो । उनीहरुले प्रमाणपत्रसहित जनही रु ७५ हजार पाएका छन् ।

यस्तै ‘रासस’का तीन जनासहित ३६ पत्रकारले शिक्षा पत्रकारिता पुरस्कार पाएका छन् । राससका शरद शर्मा र सरिता राई ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३ र कृष्ण दर्नाल ‘शिक्षा लेखनवृत्ति–२०७३ बाट पुरस्कृत भएका हुन् ।

यसैगरी आठ प्रदेश(काठमाडौँ उपत्यकासमेत)लाई प्रदान गरिने रु ३० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ १६ जना पत्रकारलाई प्रदान गरिएको छ । सो पुरस्कार प्रदेश नं १ बाट राई र भीम चापागार्इँ, प्रदेश नं २ बाट उपेन्द्र ठाकुर र महेशकुमार दास, प्रदेश नं ३ बाट गिरिजा अधिकारी र विमल खतिवडा तथा प्रदेश नं ४ बाट लालप्रसाद शर्मा र अमरराज नहर्कीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । यस्तै प्रदेश नं ५ बाट चूरामणि पोखरेल तथा प्रदेश नं ६ बाट प्रकाश अधिकारी र ललितबहादुर बुढा, प्रदेश नं ७ बाट डिलबहादुर सिंह र तेजराज भट्ट तथा काठमाडौँ उपत्यकाबाट शर्मा, गोपाल संग्रौला, र विनोद घिमिरेलाई प्रदान गरिएको छ ।

बैठकले उपत्यकासहित आठ प्रदेशबाट प्रत्येक प्रदेशबाट दुई जनाका दरले पत्रकारलाई प्रदान गरिने रु २० हजार राशिको ‘शिक्षा लेखनवृत्ति–२०७३’ १८ पत्रकारलाई प्रदान गरिएको छ । सोअनुसार प्रदेश नं १ बाट विद्या राई, अवतार राई र दमन राई, प्रदेश २ बाट भोला पासवान र राकेशप्रसाद चौधरी, प्रदेश ३ बाट तिलक अधिकारी र शर्मिला बुढाथोकी तथा प्रदेश ४ बाट पवन पौडेल र प्रतीक्षा काफ्लेले सो पुरस्कार पाएका हुन् ।

यसैगरी प्रदेश ५ बाट दर्नाल र खगप्रसाद चापागार्इँ, प्रदेश ६ बाट दीपेन्द्र शर्मा, मेघराज खड्का र प्रवीर ददेल तथा प्रदेश ७ बाट नरी बडू र दुर्गा देवकोटा एवं काठमाडौँबाट प्रज्ञा तिम्सिना र सञ्जीव घिमिरेलाई प्रदान गरिएको छ ।

उपत्यकासहित आठ प्रदेशका लागि रु २५ हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ प्रदेश नं १ बाट रेडियो इलाम (इलाम), प्रदेश नं २ बाट रेडियो सलहेस एफएम (सिरहा), प्रदेश नं ३ बाट रेडियो नमोबुद्ध एफएम (काभ्रे), प्रदेश नं ४ बाट सामुदायिक रेडियो परिवर्तन (बाग्लुङ) र रेडियो चौतारी (लमजुङ) लाई प्रदान गरिएको छ ।

यसैगरी प्रदेश नं ५ बाट रेडियो प्रतिबोध (बाँके), प्रदेश नं ६ बाट रेडियो ध्रुवतारा (दैलेख), प्रदेश नं ७ बाट रेडियो बाजुरा (बाजुरा) र रेडियो महाकाली (कञ्चनपुर) तथा काठमाडौँ उपत्यकाबाट रेडियो थाहा सञ्चार (काठमाडौँ) लाई प्रदान गरिएको छ ।

‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक (सुनसरी) र टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन (काठमाडौँ) लाई प्रदान गरिएको छ । यसै वर्षदेखि सुरु गरिएको अनलाइनतर्फको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ ‘एडुखबर डटकम’लाई प्रदान गरिएको छ ।

सो अवसरमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले मुलुकलाई मार्गदर्शन गर्नमा पत्रकारलाई आग्रह गर्दै सबै दल हातेमालो गरेर अगाडि बढ्नाको विकल्प नभएको स्पष्ट पारे ।

कार्यक्रममा महासंघका अध्यक्ष डा महेन्द्र विष्ट र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पुरस्कारले पत्रकारलाई शिक्षा क्षेत्रमा कलम चलाउन अझ प्रोत्साहन गरिने बताए ।