पु.समाचार

नरेन्द्र मोदीसँग शुक्रबार साँझ प्रधानमन्त्री देउवाले के–के कुराकानी गरे ? यस्तो छ भित्री कुरा !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ ६ बजे देउवालाई फोन गरेर दुख् व्यक्त गरेका हुन् ।

श्रोतका अनुसार हालै आएको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति उनले दुख व्यक्त गरेका छन् । भारत सरकारको तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारलाई समेत मोदीले समवेदना व्यक्त गरेको भन्दै शनिबारका पत्रपत्रिकाहरुमा लेखिएको छ ।