समाचार

महान्याधिवक्ता वसन्तरामले लिए सपथ, भन्छन् न्यायको पक्षमा उभिन्छु

काठमाण्डौ, २ भदौ । नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीले आफू सधैं न्यायको पक्षमा उभिने बताएका छन् ।

शुक्रबार शपथग्रहणलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उनले संघीयतामा सरकारी वकिलको जिम्मेवारी अझै बढेको बताए ।

उनले मानवअधिकारलाई संवेदनशील भएर हेर्नुपर्ने बताउँदै कानुनी शासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए । जुनसुकै राजनीतिक पृष्ठभूमिबाट भएपनि न्याय र कानुनी शासनका लागि सबै एक भएर आफ्नो व्यावसायिक धर्म निभाउनुपर्नेमा उनको जोड थियो ।

यसअघि, शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।