मनोरञ्जन

सुन्नुहोस् निता अम्बानिको दैनिक खर्च र पर्नुहोस् एकछिन् दङ्ग !!

अम्बानि परिवारको परिचय दिन त्यति जरुरी छैन जो शाहि जिवनशैली बिताउँदै आएका छन् ।

तपाइलाई एकपटक झट्का लाग्ने छ यदि तपाईले निता अम्बानिले एक दिनमा गर्ने खर्च सुन्नु भयो भने । हाम्रो छिमेकी राष्ट्र भारतकै नभएर एसीयाकै सबै भन्दा धनि ब्यक्ति मुकेस अम्बानिकीे श्रीमती हुन् निता अम्बानि ।

१. निता अम्बानिले जापानको सबैभन्दा पुरानो क्रोकरी ब्राण्डको नोरीटेक्स नामको ५ लाख मूल्य पर्ने कपमा चिया पिउँदै आफ्नो बिहानीको सुरुवात गर्छिन् । यो कुरा सुन्दा हामीलाई मजाक जस्तो पनि लाग्न सक्छ तर यो एउटा अविश्वसनीय तथ्य हो । गुगल, यू–ट्यूव जस्ता सामाजिक सञ्जालमा हामी यस्तो अविश्वसनीय तथ्यहरु मज्जाले भेट्न सक्नेछौँ ।

२.उनले प्रयोग गर्ने हरेक घडिको मूल्य कम्तिमा २ लाख पर्नुका साथै उनी सँग बुलगारी, कार्टियर, राडो, गुक्की, केल्भिन क्लेन र फोसील जस्ता ठूला–ठूला ब्रांण्डका घडिहरुको संग्रह छ ।

३.निता अम्बानिको हरेक हेण्ड ब्यागको मूल्य ३० देखी ४० लाख सम्म पर्ने गरेको छ भने सो ब्यागमा साना–साना हिरा भेटिन्छन् । भनिन्छ, उनि एकपटक लगाएको जुत्ता फेरी अर्को पटक प्रयोग गर्दिनन् ।

४.अब कुरा गरौँ उनको जिवनशैलीको । के हजुर विश्वास गर्नु हुन्छ ? ३१५ करोड भारुको मोबाईल प्रयोग गर्छिन् निता अम्बानि ! हो दुनियाकै सबै भन्दा महङ्गो ‘फाल्कन आईफोन ६ पिंक डाइमण्ड’ नामको फोन प्रयोग गर्छिन उनि । यो फोनको लन्च २०१४मा गरिएको थियो । सो फोनको मर्मतमा २४ क्यारेट सुन, गुलाबी सुन, प्लाटिनम जस्ता महंगा धातु र पछाडी गुलाबी हिराको प्रयोग भएको छ । भनिन्छ, उक्त फोनको मुल्यले एउटा निजि विमान खरिद गर्दा पनि पैसा उभ्रिन्छ ।

मुंबई स्थित ‘एन्टिला’ नामको घरमा बस्छिन् निता अम्बानि । दुनियाकै सबै भन्दा महँगो घर हो ‘एन्टिला’ । भनिन्छ, सो घर ६,६०० करोड भारु खर्च गरेर बनाइएको हो । उनको २ वटा निजि विमान छन् भने दुनियाका सबैभन्दा महँगा–महँगा गाडीहरुको संकलन पनि छ जुन हिरा जस्तो धातुको मिश्रणबाट बनेका छन् । हामीले उनीहरुको जस्तो जिवनशैलीको कल्पना गर्न नसके पनि प्रेरणा लिएर जिन्दगीमा अगि बढ्न सक्नेछौँ । यो एउटा प्रेरणाको राम्रो स्रोत हो ।