राजनीति

कार्वाही फिर्ता लिने संकेत दिँदै राप्रपाले गर्यो यस्तो आह्वान !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनको प्रस्ताव फिर्ता लिन पशुपतिशम्सेर राणा समूहलाई आह्वान गरेको छ। भदौ ४ गतेअघि एकताको पक्षमा उभिए गरिएको कारबाही फिर्ता गरी पहिलेकै ठाउँ र सम्मान दिने जनाउँदै राप्रपाले सो आह्वान गरेको हो ।

बिहबारदेखि हेटौंडामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विभाजनले लाखौं कार्यकर्तालाई चिन्तित बनाएको र यसले पार्टी व्यवस्थालाई नै कमजोर बनाएका बैठकमा सहभागी एक नेताले बताए ।

बैठकको निर्णयमा भनिएको छ,‘ यस कठिन घडीमा कत्ति पनि बिचलित नभई अझ बढी उत्साहकासाथ पार्टी संगठनको निर्माणमा जुटन केन्द्रीय कार्यसमितिको यो बैठक सबै तहका नेता तथा कार्यकर्ताहरुमा आह्वान गर्दछ।’

उसले पार्टी विभाजन प्रयासका बावजुद राप्रपा आफ्नो बिचार, सिद्धान्त र आदर्शप्रति सदैव अटल र दृढ रहने बताएको छ।

बैठकले पार्टी विभाजन हुनुमा पार्टीभित्रकै स्वार्थी, सत्तालोभी र आत्मसमर्पणवादी मानसिकता भएका अवसरवादीहरु हतियारका रुपमा प्रयोग भएको आरोप लगाएको छ।

त्यसैगरी बैठकले कुनै पनि हालतमा राप्रपा फुटाई छाड्ने योजनामा सत्तारुढ दलहरु एवं सम्पूर्ण राज्यशक्ति नै प्रयोग भएको आरोपसमेत लगाएको छ। केही दिनअघि सो पार्टीबाट बरिष्ठ नेता पशुपतिशम्शेर राणाको नेतृत्वमा पार्टी विभाजन भएको थियो ।

नेता राणा लगायतको सो समुह अहिले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रक्रियामै रहेको छ । सोही बेला कमल थापा नेतृत्वको राप्रपाले उनीहरुलाई टुक्रिएर नजान आह्वान गरेको हो ।