उर्जा

उर्जामन्त्रीले दिए कडा संकेत !

काठमाण्डौ । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले नेपाल विद्युत प्राधिकरणभित्र ब्याप्त कमिसन र भ्रष्टाचारको जालोका अन्त्य गर्न लागि कडा अभियान सञ्चालन गरिने बताएका छन् ।

शुक्रबारको गोरखापत्रमा लेखिएको छ, प्राधिकरणको ३२ औँ वार्षिकत्सव समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै मन्त्री शाहीले प्राधिकरणभित्र कमिसन खानका लागि हरेक बर्ष ट्रान्सफर्मर, महंगा यन्त्र उपकरण खरिद मात्र गर्ने तर खरिद गरिएका सामानको सदुपयोग गर्नेतर्फ कसैको पनि ध्यान नजो प्रवृत्तिको अन्त्यका लागि आफुले प्राधिकरण शुद्धिकरण अभियान सञ्चालन गर्न लागेको बताए ।