समाचार

दैनिक ६ जना बालबालिका हराउन थाले, कहाँ जान्छन् होला ती बालबालिका ?

काठमाण्डौ । पछिल्लो एक बर्षमा नेपालभर गरी जम्मा दुई हजार बालबालिका बेपत्ता भएको पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक बर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ ।

बेपत्ता हुनेमा १३ देखि १८ बर्षमुनिका बालबालिका धेरै रहेको छ । तिनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझै पनि खुल्न नसकेको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।

तथ्यांकमा दुई हजार सात सय ७२ जना बालबालिका हराएका छन् । जसमा एक हजार ४७ जना बालक र एक हजार सात सय २५ बालिका छन् ।
शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, दैनिक ६ जनाको हाराहारीमा बालबालिका नेपालभर हराइरहने खबर प्रहरीसमक्ष आउने गरेको छ ।