पु.समाचार

तराई डुबेलगत्तै भारतप्रति गगन थापाको यस्तो आक्रोस !

बाग्लुङ । नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् ।

बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै कांग्रेस केन्द्रस्य दस्य थापाले राष्ट्रिय समस्या समाधान गर्न एकता जरुरी रहेको बताए ।

शुक्रबारको नागरिकमा लेखिएको छ, के कति कारणले तराई डुबानमा परेको छ भन्नेबारे सबै गम्भिर हुन जरुरुी छ उनले भने, भारतले बनाएका बाँधले तराई डुबेको निष्कर्ष हो भने हामी सबै एक ठाउँमा उभिएर उसलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।