राजनीति

पार्टी विभाजन लगत्तै राप्रपाको केन्द्रीय समिति बैठक हेटौडामा :

हेटौडा, भदौ १ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक बिहीबार हेटौंडामा सुरु भएको छ ।

भदौ ४ गतेसम्म सन्चालन हुने सो बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन, प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसदको निर्वाचनका विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिए ।

पार्टीको विभाजनलगत्तै हेटौंडामा सन्चालन हुने यो विशेष बैठक भएको महामन्त्री बड्तौलाले बताएका छन् ।

पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु सो बैठकमा भाग लिन बिहीबार हेटौंडा आएका छन् ।