अन्तर्राष्ट्रिय

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव पक्राउ

एजेन्सी । भारतिय समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यादवलाई उत्तर प्रदेशको औरैयामा बुधबार भएको हंगामा र मारपीट मामिलामा पक्राउ गरिएको बताइको छ ।

एक्सप्रेस वेको बाटो हुँदै औरैया जाँदै गर्दा विधान परिषद्का एक दर्जन सदस्यसहित यादव पक्राउ परेका भारतीय समाचारमाध्यमले जनाएका छन् ।

पक्राउपछि यादवलाई हसनगन्जको गेस्ट हाउसमा ‘अस्थायी जेल’ मा राखिएको छ ।