आर्थिक

आज सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ, १ भदौ । सुनको भाउ आज एकै दिन ५ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको ५५ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

उत्तर कोरिया र अमेरिकाबिचको तनावका कारण सुनको भाउ बढेको हो । यी दुई देशबिचको तनावका कारण सुरक्षित लगानीका लागि सुन खरिद गर्न थालेपछि केही समय यता सुनको भाउ लगातार बढ्दै गएको छ ।

उत्तर कोरिया र अमेरिकाबिच तनाव बढ्दै गए फेरि भाउ बढ्ने महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर तोलामा ७ सय ६० रुपैयाँ पुगेको छ ।