अन्तर्राष्ट्रिय

भेनेजुएलाको एक कारागारमा झडप, ३७ जनाको मृत्यु

एजेन्सी । भेनेजुएलाको एक कारागारमा झडप हुँदा ३७ जनाको मृत्यु भएको छ ।

प्युएर्टाे आयाकुचोस्थित कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा ३७ जनाको मृतयु हुनुका साथै १४ कर्मचारीसमेत घाईते भएका छन् ।

१ सय ५ जना कैदीबन्दी रहेको सो कारागारमा सामान्य वादविवादपछि झडप भएको जनाइएको छ ।

घटना लगत्तै कारागारको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । कारागारमा रहेका बाँकी कैदीबन्दीलाई सुरक्षित राखिएको छ ।