समाचार

दुई नम्बर प्रदेशमा आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाण्डौ । आगामी असोज २ गते स्थानीय तहको तेश्रो चरणको निर्वाचन हुँदैछ । उक्त निर्वाचन आउन अब एक महिना बाँकी छ । त्यसैले सो निर्वाचनका लागि बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगका अनुसार बिहीबारदेखि सो क्षेत्रमा निर्वाचन आचारसंहिता लागू भएको हो ।  आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने काम गर्न पाइँदैन।

आयोगले जारी गरेको आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ।

यसका सथौ सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ ।

यस्तै, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्थालाई पनि निर्वाचन आचारसंहिता लागू हुनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा पनि निर्वाचन आचारसंहिता लागू हुनेछ।