पु.समाचार

दाउन्नेको चौबिस घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालन

नवलपरासी । केही दिनअघिदेखि सडक भत्किएका कारण अवरुद्ध भएको नवलपरासीको दाउन्ने सडकखण्ड बिहीबार बिहानदेखि एकतर्फी रुपमा खुलेको छ । मंगलबार राती १० बजेदेखि जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै बुधबार राती १० बजेसम्मका लागि सडक बन्द गरेको थियो ।

सडक मर्मत भएपछि बिहान २ बजेबाट यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । यसअघि साना सवारी साधन पास भएको भए पनि ठूला सवारी साधन पास हुन सकेका थिएनन् । अहिले दुवैतर्फबाट पालैपालो साना तथा ठूला सवारी साधन पास गराइएको प्रहरीले बताएको छ ।