राजनीति

बाढी पीडितका लागि सरकारमा रहेका सबै मन्त्रीले गरे उदाहरणीय काम

काठमाण्डौ । प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई दिने निर्णय गरिसकेका छन् कर्मचारीले पनि एक दिनदेखि पाँच दिनसम्मको तलब बाढी प्रभावितलाई दिने निर्णय गरेका छन् ।

गृहले पठायो ७ करोड १० लाख
गृह मन्त्रालयले बाढीपहिरो प्रभावित १८ वटा जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा गरी बुधबार मात्रै ५ करोड १२ लाख रुपैयाँ पठाएको छ । बाढी प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि सो रकम पठाइएको गृह मन्त्रालयका सहायक प्रवक्ता झम्क ढकालले जानकारी दिए ।
यसअघि गृहले ती जिल्लामा १ करोड ९८ लाख रुपैयाँ पठाएको थियो । बाढीपछि हालसम्म जिल्लामा जम्मा ७ करोड १० लाख पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

रकम संकलन हुन थाल्यो
बाढीपहिरोलगत्तै विभिन्न दाताबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रकम जम्मा हुन थाले पनि त्यसको विवरण बिहीबारदेखि मात्रै लिइने बताए ।

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ, उनका अनुसार विभिन्न दातालाई कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेको खाता नम्बर दिइएको छ । केही दाताले ती बैंकको खाता नम्बर लिएर गएकाले खातामा रकम जम्मा हुने क्रम सुरु भएको पौडेलले बताए ।