पु.समाचार

प्रहरीभित्र एक्कासि देखियो यस्तो भद्रगोल

काठमाण्डौ । नेपाल प्रहरीभित्र पदीय दायित्वलाई लिएर भद्रगोल देखिएको छ । छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् ।

बिहीबारको नागरिकमा लेखिएको छ, काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन् ।