सूचना प्रविधि

बाढी प्रभावित जिल्लाका एनसेल ग्राहकद्वारा १ करोड ६६ लाखभन्दा बढि निःशुल्क एसएमएस आदान प्रदान

काठमाडौं, साउन ३२ । बाढीपहिरो प्रभावित क्षेत्रमाआफ्ना ग्राहकको संचार सुनिश्चितगर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवा अन्तर्गत ग्राहकले १ करोड ६६ लाखभन्दा बढि एसएमएस आदानप्रदान गरेका छन् ।

कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहतकार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीनदिनसम्म प्रतिदिन प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएकोथियो ।नियामकनिकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन अनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवाप्रदान गरेको हो ।

यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवापनिनिःशुल्कबनाएको थियो । साथै एनसेल सापटी सेवाअन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवाशुल्कमै रु ६० सापटी प्रदान गरिएको थियो । यसैगरी कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी आफ्ना प्रियजनसँग सम्पर्क गर्न सघाउनका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको थियो ।
“बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिनप्रदानगरिएको निःशुल्कएसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतका लिन सम्पर्क नम्बरले यो विपदको क्षणमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहनर राहततथा उद्धार कार्यमा सहजबनाएको प्रतिक्रियापाएका छांै,”एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।
प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको जानकारी पनिउनले दिए ।
“केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको थियो । अहिले एनसेलका ९७ प्रतिशत बिटिएस टावर संचालनमा रहेका छन् र ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्,” आचार्यले भने ।
प्राकृतिक विपद्का बेला आफ्ना ग्राहकलाई सम्पर्कमा रहनविभिन्न सेवा सुविधाप्रदानगर्दै आएको एनसेलले जलतथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेकाक्षेत्रमा आफ्ना ग्राहकलाईबाढी सम्बन्धि पूर्वसूचना अर्थात एसएमएस अलर्ट पनिप्रदानगर्दै आएको छ । यस अन्तर्गत कम्पनीले विगत एक सातामा(साउन २४देखिसाउन ३० सम्म)६० लाखभन्दा बढिपूर्वसूचना पठाएको थियो ।
नदीमापानीकोसहतअनुसार जलतथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले बाढिपहिरोको जोखिमयुक्त क्षेत्रका ग्राहकहरुलाई एसएमएस सम्प्रेषण गरेको हो । बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिनेगर्दछ ।
समझदारीपत्र अनुसार, एनसेलले वर्षा र नदीमाजल सहतको आधारमा बाढीपहिरोको जोखिमकाबारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमलालगायतनदीकातल्लो तटिय क्षेत्रमाबसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमानतथापूर्वसूचना पठाउँदछ ।
एनसेलले गतवर्ष जलतथा मौसम विभागसँग पूर्वसूचना प्रदानगर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सोही अनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनीकालागि एसएमएस प्रदानगर्दै आएको छ ।