मनोरञ्जन

हरीदेवी कोइराला छक्क परिन् ! पशुपति शर्माले किन गीत चोरे !!

काठमाण्डौ, ३२ साउन । लोक गायीका हरीदेवी कोइरालाले चर्चित गायक पशुपति शर्माले आफ्नो गीत चोरेको आरोप लगाएकी छन् ।

गत बर्ष तीजमा आएको गीत ‘मेरो माया बसेको ठाउंमा, बत्ति बाल्नै पदैन त्यो गाउंमा’ भन्ने बोलको गीत हरिदेबीको मेरो माया हिराको हार भन्ने एल्बममा समावेस गरिएको बताएकी द्धन् । उनि भन्छिन् अझ पनि सच्चाउन सकिन्छ तर पशुपतिले किन हो वास्ता गर्दैनन् । नयाँ पिढीप्रति इंगित गर्दै उनि थप्छिन‘ भाई बहिनीहरुले यस्तो नगरेको भए हुन्थ्यो, आफूले रतौलीमा गाएको गीत तीजमा पशुपतिले नगाएको भए पनि हुन्थ्यो ।

हरीदेवी भन्छिन्, पशुपतिले पहिलेको लेकै फुल्यो लालिगुरांसलाई सहमतिमै नयाँ निकालेका थिए तर यो मेरो माया बसेको ठाउँंमा भन्ने बोलको गीतबारे आफूसंग कुनै छलफल नभएको बताईन् । पछि गीत बजारमा आउदा पो आफू छक्क परेको बताउँछिन् । जानाजान वा अन्जानमा यसरी गीत चोरी भएपनि पशुपतिप्रति कुनै उजुरी भने नगरेको उनले बताइन् ।

पशुपतिले मात्र होईन, कतिपय गीत अरुले पनि चोरेर आफ्नो शब्द भनि निकालेका छन् भन्छिन हरीदेवी ।