खेलकुद

च्याम्पियन्स लिग फुटबलको छनौटको प्ले अफमा लिभरपुल विजयी

काठमाण्डौ, ३२ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा प्ले अफ् खेल सुरु भएका छन् ।

मंगलबार राति भएको प्ले अफ् पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब होफनहाईमलाई पराजित गरेको छ ।

जर्मनीमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन अलेक्जेन्डर आर्नाेल्डले पहिलो गोल गरे भने होफनहाईमकै हाभर्ड नर्डभिटले एक आत्माघाती गोल गरे ।

खेलको अन्त्यतिर होफनहाईमका मार्क उथले एक गोल फर्काउँदै टोलीको हार अन्तर कम गरे ।

जितसँगै लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा छनोट हुने संभावना बलियो पारेको छ ।

दोस्रो लेगको खेल अर्काे हप्ता लिभरपुलको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिग प्ले अफ् अन्तर्गतका अन्य खेलहरुमा अजरबैजानको एफ.के.काराबाग, साईप्रसको अपोईल निकोसिया र रुसको सि.एस.के.ए.मस्को पनि विजयी भएका छन् ।

पोर्चुगलको स्पोर्टीङ लिस्बन र रोमानियाको स्टावा बुकारेष्टले भने गोलरहित बराबरी खेलेका छन् ।